पोखरामा फार्मेसीबाट अवैध लागुऔषध बेच्ने र किन्ने पक्राउ
पाेखरा | असार ७, २०८१
कास्की प्रहरीले फार्मेसीबाट अवैध रुपमा लागुऔषध विक्री गर्ने र किनेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा ७ प्रगति टोलस्थितमा सुमधुर फार्मेसीबाट विक्री गर्ने गोरखा सिरानचोक गाउँपालिका ४ घर भई हाल पोखरा १५ बस्ने २२ वर्षीया कुमारी कुमाल र ड्रग्स किन्ने पोखरा ९ वस्ने २२ वर्षीय दिपेश गुरुङ र सोही स्थानकै विपिन परियार रहेका छन् ।
प्रहरीलाई प्राप्त गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदाम र सिआरभी पृथ्वीचोकबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट टपेन्टाडोल (१ सय एमजी) १८ चक्की र उक्त फार्मेसीमा खानतलासी गर्दा टपेन्टाडोल (१ सय एमजी) १४७ चक्की र टपेन्टाडोल (५० एमजी) ६७ चक्की गरी कुल २१४ चक्की गरिएको कास्की प्रहरीका प्रवक्ता बसन्त कुमार शर्माले जानकारी दिए ।
उनका अनुसार लागूऔषध डाक्टरको सिफारिस विना किनेको पाइएकाले दुव्यसनीको प्रयोग गर्ने देखिएपछि अनुसन्धान थािलएको हो ।
पक्राउ परेका उनीहरुलाई कास्की जिल्ला अदालतबाट लागुऔषध सम्बन्धि मुद्दामा दिन सात (७)े म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
चर्चित अभिनेता सुनिल थापाको निधन भएको छ। उनको शनिबार बिहान काठमाडौं थापाथलिस्थित नर्भिक अस्पतालमा निधन भएको हो। अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका थ...
पोखरा: बुद्धटोल युवा क्लबले राष्ट्रिय फुटसल खेलाडी सुबेत लामालाई सम्मान गरेको छ । पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए सा...
पोखरा: सहारा क्लब पोखराको आयोजनामा हरेक वर्ष पोखरामा आयोजना हुँदै आएको आहा !रारा पोखरा गोल्ड कपको २५ औं वर्ष अर्थात् रजत वर्षको अवसरमा फोटो प्रदर्शनी गरिएको छ । नेपाल फोटो पत्र...

